जिल्ला समन्वय समिति भक्तपुरद्वारा राष्ट्रिय कला संग्रहालयको अनुगमन
भक्तपुर, २०८३/०४/२८
जिल्ला समन्वय समितिको अन्य काम, कर्तव्य र अधिकारसम्बन्धी नियमावली, २०७५ बमोजिम जिल्लास्थित सरकारी कार्यालयहरूको अनुगमन गर्ने क्रममा जिल्ला समन्वय समिति, भक्तपुरबाट खटिएको अनुगमन टोलीले राष्ट्रिय कला संग्रहालय, भक्तपुरको अनुगमन गरेको छ ।

अनुगमनका क्रममा संग्रहालयको समग्र व्यवस्थापन, सेवा प्रवाह तथा सञ्चालनसम्बन्धी विषयमा जानकारी लिइएको थियो। अनुगमन टोलीलाई संग्रहालयकी संग्रहालय अधिकृत यमुना महर्जनले आवश्यक सहजीकरण तथा जानकारी प्रदान गर्नुभएको थियो ।
