भक्तपुर दरबार क्षेत्र पुनः आफ्नो ऐतिहासिक स्वरूपमा फर्कँदै

None

वि.सं. २०७२ सालको विनाशकारी भूकम्पले ठूलो क्षति पुर्‍याएको भक्तपुर दरबार क्षेत्रभित्रका प्राय सबैजसो ऐतिहासिक तथा पुरातात्त्विक महत्वका सम्पदाहरूको संरक्षण तथा पुनःनिर्माण कार्य सम्पन्न भइसकेको छ भने केही महत्वपूर्ण तथा अद्वितीय संरचनाहरूको संरक्षण तथा पुनःनिर्माण कार्य निरन्तर रूपमा सञ्चालन भइरहेका छन् । 
उपत्यकाभित्र रहेका विश्वसम्पदा सूचीमा सूचीकृत भक्तपुर दरबार क्षेत्रभित्र रहेका विभिन्न मठ, मन्दिर, दरबार तथा सांस्कृतिक संरचनाहरू पुरातात्त्विक मौलिकता कायम राख्दै पुनःनिर्माण गरिँदै आएको छ । विशेष गरी भक्तपुर दरबार क्षेत्रभित्र रहेका ऐतिहासिक तथा सांस्कृतिक महत्वका सम्पदाहरूको संरक्षण तथा पुनःनिर्माण कार्य पुरातत्त्व विभागबाट भैरहेका केही अद्वितीय सम्पदाहरुः 


१. लाल बैठक भवन

२. खौमा गैटसँगैको जगन्नाथ मन्दिर


३. राष्ट्रिय कला संग्रहालय परिसरभित्र रहेको भण्डारखाल पोखरी सँगैको भवन


४. विद्यार्थी निकेतन स्कुल पछाडि रहेको जगन्नाथ मन्दिर

तस्विर ः राजन सिंह, राष्ट्रिय कला संग्रहालय, भक्तपुर