• संग्रहालयमा कस्ता कलाकृतिहरू छन् ?

- यहाँ परम्परागत चित्रकला, काष्ठकला, धार्मिक कलाकृति तथा ऐतिहासिक वस्तु र मूर्तिहरू प्रदर्शन गरिएको छ ।

  • के फोटो वा भिडियो खिच्न पाइन्छ ?

- संग्रहालयभित्र फोटो र भिडियो खिच्न अनुमति हुन्छ, तर छुट्टै फोटोग्राफी टिकट खरिद गर्नपर्ने हुन्छ र फ्ल्यास प्रयोग गर्न निषेध गरिएको छ।

  • के संग्रहालयमा पार्किङ सुविधा छ ?

- विश्व सम्पदा क्षेत्रभित्र सवारी साधन प्रवेश निषेध गरिएकाले, चार पाङ्ग्रे सवारीको पार्किङका लागि खौमा गेटसँगै रहेको पद्म कलेजको पार्किङ प्रयोग गर्न सकिन्छ दुई पाङ्ग्रे सवारीका लागि समेत गेट बाहिर नै सःशुल्क पार्किङको व्यवस्था रहेको छ ।