अमेरिकाबाट फिर्ता भएको दुर्गाको मूर्ति (१८ औँ शताब्दी)
प्रस्तरको यो दुर्गा मुर्ति सन् १९७० को दशकमा भक्तपुरको हनुमानघाटस्थित स्मारक स्वरुप शिवलिङ्ग रहेको स्थानबाट चोरी भई अमेरिका पुगेको थियो । अमेरिकन नागरिकको व्यक्तिगत संग्रहमा रहेको यो मूर्ति नेपाली महावाणिज्य दूतावास District Attorney Office of New York/US Departmnent of Homeland Security Investigation NewYork (HSI-NY) सँगको सहकार्यमा मिति २०८०/०८/१८ मा नेपाल सरकारको तर्फबाट नियोगले प्राप्त गरि अमेरिकाले New York स्थित नेवाः गुठीको आर्थिक सहयोगमा नेपाल फिर्ता भई पुरातत्व विभागबाट मिति २०८०/१०/१८ गते यो संग्रहालयमा प्राप्त भएको हो ।
कमलासन र एक जोडी सिंहमाथि टेकेर आलिढ मुद्रामा उभिएकी दुर्गा चार शिर र दश हातयुक्त छन् । दश हातहरुमा विभिन्न आयुधहरु लिएकी छिन् । दाँया तर्फको हातहरुमा माथिबाट तल क्रमशः खड्ग, चक्र, अंकुश, वरद र कपालपात्र रहेका छन् भने बायाँ माथिबाट क्रमशः ढाल, गदा, पास, अभय र तर्जनी मुद्रामा छन् । शिरमा आकर्षक मुकुट, कानमा कर्ण कुण्डल, गलामा दुईवटा हार र लामो फुलमाला लगाएको देखिन्छ । मुजायुक्त जामा लगाई बुट्टेदार आर्कषक कम्मर पेटि बाँधिएको देखिन्छ ।
तस्विरः राजन सिंह, संग्रहालय तथा स्मारक संरक्षण कार्यालय, भक्तपुर ।