ढुङ्गेधाराको टुटी संरक्षण बारे

मालती चोकको ऐतिहासिक ढुङ्गेधारा सुरक्षित संरक्षणका लागि स्थानान्तरण

None

मिति २०८३ जेठ २३ गते, शनिबार ।

मालती चोक, भक्तपुर दरबार क्षेत्रभित्र रहेका ९९ चोकहरुमध्ये एक महत्वपूर्ण चोक हो। मल्लकालीन राजा भुपतिन्द्र मल्लद्वारा मालती चोक निर्माण गरिँदा नै उक्त ढुङ्गेधाराको निर्माण गरिएको मानिन्छ । यसले तत्कालीन समयको जल व्यवस्थापन, कलात्मक सीप तथा वास्तुकलाको उत्कृष्ट उदाहरण प्रस्तुत गर्दछ । उक्त ढुङ्गेधारालाई भक्तपुर नगरकै सबैभन्दा सानो (२२x२० x७.५ ईन्च) ढुङ्गेधाराका रूपमा लिने गरिन्छ। 
हाल भक्तपुर दरबार क्षेत्रस्थित राष्ट्रिय कला संग्रहालय परिसरभित्र रहेको उक्त मालती चोकको ऐतिहासिक ढुङ्गेधाराको टुटी अड्याउने सामग्री खिया परी टुटी झर्न लागेको हुँदा उक्त टुटीलाई सुरक्षित तवरले निकाली हाललाई संग्रहालयको स्टोरमा स्थानान्तरण गरी सुरक्षित रूपमा संरक्षण गरिएको व्यहोरा सर्वसाधारणमा सूचित गरिन्छ । 

स्थानान्तरण भन्दा पहिलेको तस्विर

स्थानान्तरण भईसके पछिको तस्विर

तस्विर ः राजन सिंह, राष्ट्रिय कला संग्रहालय, भक्तपुर ।