काष्ठकला संग्रहालयमा प्रदर्शित कलाकृतिको विवरणसम्बन्धी पुस्तक पुनःप्रकाशन तथा विमोचन
मिति २०८३/०२/०४ गते अन्तर्राष्ट्रिय सङ्ग्रहालय दिवसको अवसरमा राष्ट्रिय कला संग्रहालय अन्तर्गत दत्तात्रयस्थित काष्ठकला संग्रहालयमा प्रदर्शित कलाकृतिहरूको विवरण समेटिएको पुस्तक “राष्ट्रिय कला संग्रहालय अन्तर्गतको दत्तात्रयस्थित काष्ठकला संग्रहालयमा प्रदर्शित कलाकृतिको विवरण” पुनःप्रकाशन गरी राष्ट्रिय संग्रहालय, छाउनीमा आयोजित कार्यक्रममा माननीय संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री श्री खडक राज पौडेल (गनेस) बाट विमोचन गरिएको छ ।
राष्ट्रिय कला संग्रहालय, भक्तपुरमा प्रदर्शित कलावस्तुको सामान्य परिचय सहितको विवरण सूची वि.सं. २०६४ सालमा प्रकाशित गरिएकोमा उक्त विवरणसूची हाल मौज्दातमा नरहेको तर कला जिज्ञाशुहरुको अत्याधिक मागका कारण पुनःप्रकाशन गरिएको हो । पुनःप्रकाशित पुस्तकले काष्ठकलासम्बन्धी महत्वपूर्ण कलाकृतिहरूको ऐतिहासिक, सांस्कृतिक तथा कलात्मक पक्षलाई समेट्दै अनुसन्धानकर्ता, विद्यार्थी तथा संग्रहालय अवलोकनकर्ताहरूका लागि उपयोगी सन्दर्भ सामग्रीको रूपमा योगदान पुर्याउने विश्वास गरिएको छ ।